ato logo
Search Suggestion:

सवारी साधनका खर्चहरू

Deductions for work-related use of your own car.

Published 16 July 2024

व्यक्तिगत प्रतिलिपिहरू डाउनलोड गर्न, निम्न प्रत्यक्ष लिङ्कहरू प्रयोग गर्नुहोस्: कार खर्च (PDF, 303KB)This link will download a file

म के दावी गर्न सक्छु?

तपाईंले निम्नको लागि आफ्नै सवारी साधन प्रयोग गर्नुहुन्छ भने तपाईंले कटौती दावी गर्न सक्नुहुन्छ:

• आफ्नो कार्यालयको कामहरू गर्न

• आफ्नो सामान्य कार्यस्थलबाट टाढा रहेको कार्य सम्मेलन वा बैठकमा भाग लिन

• एक कामबाट अर्को काममा सिधै यात्रा गर्दा

• एकै दिनमा एउटै रोजगारदाताको लागि वैकल्पिक कार्यस्थलमा जाँदा र फर्कँदा।

सामान्यतया, तपाईं आफ्नो कार्यस्थलबाट धेरै टाढा बस्नुभए तापनि घर र कामको बीचको यात्राको लागत दाबी गर्न सक्नुहुँदैन।

प्रतिपूर्ति भइसकेको सवारी साधनको खर्चको कटौती तपाईंले दावी गर्न सक्नुहुँदैन।

पूँजी लागतहरू, जस्तै तपाईंको सवारी साधनको खरिद मूल्य, तपाईंले दावी गर्न सक्नुहुँदैन।

यदि तपाईं सवारी साधनको खर्चहरू दावी गर्नुहुन्छ भने, तपाईं आफ्नो कटौती हिसाब गर्न लगबुक विधि वा प्रति किलोमिटर कति सेन्ट भन्ने विधि प्रयोग गर्न सक्नुहुन्छ।

प्रति किलोमिटर कति सेन्ट भन्ने विधि

यदि तपाईं प्रति किलोमिटर कति सेन्ट भन्ने विधि प्रयोग गर्नुहुन्छ भने, तपाईंको दावी प्रति किलोमिटर एक निर्धारित दरमा आधारित हुन्छ। यसले मूल्यमा गिरावट, दर्ता र बीमा, मर्मत र इन्धन लागत सहित सबै सवारी साधनका खर्चहरू समाबेश गर्दछ। तपाईंले आफ्नो कटौती हिसाब गर्दा निर्धारित दरमा यी, वा कुनै अन्य सवारी साधनका खर्चहरू थप्न सक्नुहुँदैन।

यदि तपाईं प्रति किलोमिटर कति सेन्ट भन्ने विधि प्रयोग गर्नुहुन्छ भने, तपाईंले:

• अधिकतम ५,००० किमी दावी गर्न सक्नुहुन्छ

• तपाईंको खर्चको लागि रसिदहरू आवश्यक पर्दैन

• तपाईंले आफ्नो कामसँग सम्बन्धित किलोमिटर कसरी हिसाब गर्नुहुन्छ भनेर देखाउने अभिलेख चाहिन्छ

• तपाईंले सवारी साधन आफ्नो स्वामित्वमा रहेको भनेर प्रमाणित गर्न आवश्यक छ।

लगबुक विधि

लगबुक विधिले तपाईंलाई आफ्नो सवारी साधनको कामसँग सम्बन्धित वास्तविक खर्चको हिस्सा दावी गर्न अनुमति दिन्छ। यसमा निरन्तर लागत जस्तै इन्धन, तेल र सर्भिस गराउने, दर्ता, बीमा र मूल्यमा गिरावट समावेश हुन सक्छ।

तपाईंले सवारी साधन आफ़्नो स्वामित्वमा रहेको प्रमाण सहित आफ्नो सवारी साधन खर्चहरू देखाउन अभिलेखहरू चाहिन्छ। तपाईंलाई निम्न जानकारी दिने वैध लगबुक पनि चाहिन्छ:

• तपाईंको निरन्तर १२-हप्ताको अवधिको सबै यात्रा देखाउने

• प्रत्येक यात्राको गन्तव्य र उद्देश्य देखाउने

• प्रत्येक यात्राको सुरु र अन्त्यमा ओडोमिटरको संख्या देखाउने

• कुल कति किलोमिटर यात्रा गरेको भनेर देखाउने।

तपाईंको लगबुक ५ वर्षको लागि मान्य छ र यो कागजमा वा विद्युतीय रूपमा हुन सक्छ।

तपाईंले आफ्नो लगबुकमा भर पर्नुहुने प्रत्येक वर्षको लागि, तपाईंले ओडोमिटरको अभिलेखहरू राख्नुपर्छ।

यो सामान्य सारांश मात्र हो। थप जानकारीको लागि ato.gov.au/carexpenses हेर्नुहोस् वा पञ्जीकृत कर पेशेवरसँग कुरा गर्नुहोस्।

QC102772