ato logo
Search Suggestion:

कपडा तथा कपडा धुलाइका खर्चहरू

Deductions when you buy, repair or launder occupation-specific or protective clothing, or distinctive uniforms.

Published 16 July 2024

;िपिहरू डाउनलोड गर्न, निम्न प्रत्यक्ष लिङ्कहरू प्रयोग गर्नुहोस्: कपडा तथा कपडा धुलाइका खर्चहरू (PDF, 400KB)This link will download a file

कपडाका खर्चहरू

यदि सुरक्षात्मक, पेशा-विशेष, वा विशिष्ट पोसाक हो भने, तपाईंले कामका लुगाहरू किन्ने, भाडामा लिने, मर्मत गर्ने वा सफा गर्ने लागत दावी गर्न सक्नुहुन्छ।

तपाईंको रोजगारदाताले अनिवार्य छ भनेको भएतापनि वा तपाईंले काममा मात्र लगाउनु भएतापनि तपाईंले काममा लगाउने परम्परागत लुगाहरू किन्ने ,भाडामा लिने, मर्मत गर्ने वा सफा गर्ने लागत दावी गर्न सक्नुहुँदैन।

'परम्परागत लुगाहरू' भनेको मानिसहरू जुनसुकै पेशाको भएपनि दैनिक रूपमा लगाउने लुगा हो, उदाहरणका लागि, जीन्स, व्यापारिक पोसाक र टी-शर्टहरू।

सुरक्षात्मक

काममा बिरामी पर्ने वा चोटपटक लाग्ने वास्तविक र सम्भावित जोखिमबाट जोगिन लगाउनुहुने कपडाको कटौती, तपाईंले दावी गर्न सक्नुहुन्छ। सुरक्षात्मक कपडाहरूमा सुरक्षात्मक सुविधाहरू हुनुपर्छ वा तिनीहरूले सुरक्षा दिने काम गर्नुपर्छ र यसमा निम्न समावेश हुन सक्छन्:

• सुरक्षा दिने रंगीन भेस्टहरू

• सुरक्षात्मक जुत्ता, बोइलर सुट वा एप्रनहरू

• आगो प्रतिरोधी लुगाहरू

• ‘नर्सहरूले लगाउने नचिफ्लने’ जुत्ता।

पेशा - विशेष

तपाईंको विशेष पेशा झल्काउने कपडाको लागि कटौती - उदाहरणका लागि, शेफ (भान्से) को चेकर प्यान्ट, तपाईंले दावी गर्न सक्नुहुन्छ।

अनिवार्य पोसाक

तपाईंलाई संगठनको कर्मचारीको रूपमा पहिचान गराउने अनिवार्य पोसाकको लागि कटौती तपाईंले दावी गर्न सक्नुहुन्छ। तपाईंको रोजगारदाताले कडाइका साथ लागू गरिएको कार्यस्थल सम्झौता वा नीति अन्तर्गत पोसाक लगाउन अनिवार्य बनाउनुपर्छ।

गैर-अनिवार्य पोसाक

तपाईंको रोजगारदाताले स्वीकृत व्यावसायिक पोसाकको दर्तामा ढाँचा दर्ता नगरेसम्म र तपाईंले काममा पोसाकको रूपमा लगाएको खण्डमा, तपाईंले गैर-अनिवार्य कामको पोसाकको लागि कटौती दावी गर्न सक्नुहुँदैन।

धुलाइ तथा मर्मतहरू

सुरक्षात्मक, पेशा - विशेष, अनिवार्य पोसाक वा दर्ता गरिएको गैर-अनिवार्य पोसाकको सफाइ र मर्मत गर्ने कामको लागतको कटौती, तपाईंले दावी गर्न सक्नुहुन्छ।

तपाईंको लुगा धुलाइको दाबी हिसाब गर्नको लागि उचित आधार निम्न हुन :

• यदि कामसँग सम्बन्धित कपडाहरूको मात्र धुलाइ भएमा प्रति धुलाइको $१

• यदि तपाईंले व्यक्तिगत कपडाहरू कामको कपडासँग मिसाएर धुनुहुन्छ भने प्रति धुलाइको ५० सेन्ट।

तपाईंले आफ्नो दाबी कसरी हिसाब गर्नुभयो भनेर देखाउन सक्षम हुन आवश्यक छ।

तपाईंले यी वर्गहरूमा कामका लुगाहरू ड्राई-क्लिन गर्न (धुन) र मर्मत गर्न लाग्ने वास्तविक लागतहरूका लागि कटौती दावी गर्न सक्नुहुन्छ।

यो सामान्य सारांश मात्र हो। थप जानकारीको लागि ato.gov.au/clothingandlaundry हेर्नुहोस् वा पञ्जीकृत कर पेशेवरसँग कुरा गर्नुहोस्।

QC102773