ato logo
Search Suggestion:

कामसँग सम्बन्धित खर्चहरूको अभिलेख राख्ने

Records you need to show a payment or expense, the format to keep your records in, and how long to keep them.

Published 16 July 2024

व्यक्तिगत प्रतिलिपिहरू डाउनलोड गर्न, निम्न प्रत्यक्ष लिङ्कहरू प्रयोग गर्नुहोस्: कामसँग सम्बन्धित खर्चहरूको अभिलेख राख्ने (PDF, 260KB)This link will download a file

अभिलेख भनेको के हो?

अभिलेख सामान्यतया एउटा रसिद हो जसले निम्न जानकारी देखाउँछ:

• तपाईंले सामान कहाँ किन्नुभयो

• तपाईंले कति तिर्नुभयो

• तपाईंले के किन्नुभयो

• खरिद गरिएको मिति

• कागजातमा भएको मिति।

तपाईंको अभिलेख कागजमा वा बिधुतिय रूपमा हुनुका साथै यसमा रसिदहरूको फोटो पनि समावेश हुनसक्छ।

बैंक वा क्रेडिट कार्ड विवरणमा यी सबै जानकारी हुँदैनन्, त्यसैले यो आफैँमा एक स्वीकार्य अभिलेख होइन।

ATO app मा रहेको myDeductions उपकरण एउटा अभिलेख राख्ने उपकरण हो जसलाई तपाईंले आफ्ना अभिलेखहरूको विद्युतीय रूपमा हिसाबकिताब राख्न प्रयोग गर्न सक्नुहुन्छ। नि:शुल्क एप अब डाउनलोड गर्नुहोस्।

काम सम्बन्धी खर्च दावी

यदि तपाईंले कामसँग सम्बन्धित खर्चको लागि कटौती दावी गर्नुहुन्छ भने, तपाईंले देखाउने खर्चको निम्न अभिलेख हुनुपर्छ:

• तपाईंले खर्च गर्नुभएको कुरा

• खर्च तपाईंको आय-आर्जनसँग प्रत्यक्ष रूपमा सम्बन्धित भएको कुरा।

खर्च तपाईंको आय-आर्जनसँग कसरी सम्बन्धित छ भनेर देखाउन, तपाईंलाई दैनिकी वा यस्तै अभिलेखहरू चाहिन्छ जसले निम्न कुराहरू देखाउँछन्:

• तपाईंको निजी र कामसँग सम्बन्धित प्रयोग

• तपाईंले कटौतीको रूपमा दावी गर्नुभएको रकम कसरी हिसाब गर्नुहुन्छ।

खर्चको कामसँग सम्बन्धित हिस्साको लागि मात्र तपाईंले कटौती दावी गर्न सक्नुहुन्छ।

कामसँग सम्बन्धित खर्चहरूका लागि विशिष्ट अभिलेखहरू

तपाईंले दावी गरिरहनुभएको कामसँग सम्बन्धित खर्चको प्रकारमा निर्भर भएर तपाईंले राख्नुपर्ने विभिन्न अभिलेखहरू छन्। उदाहरणको लागि, रसिदहरूको अतिरिक्त, तपाईंले सामान्यतया अन्य प्रकारका अभिलेखहरू राख्न आवश्यक छ:

• सवारी साधनका खर्चहरू

• कपडा तथा कपडा धुलाइ

• स्व- शिक्षा खर्चहरू

• घरबाट काम गर्दाको खर्चहरू

• राति वास बस्नु पर्दा यात्राको खर्चहरू।

आफ्ना अभिलेखहरू कति समयसम्म राख्ने

तपाईंले आफ्नो कर दाखिला गरेको मिति देखि ५ वर्षसम्म तपाईंले आफ्ना अभिलेखहरू राख्नुपर्छ। केही परिस्थितिहरूमा, यो अवधि अझ बढी हुन सक्छ।

अभिलेखहरू राख्नुको महत्त्व

हामीले तपाईंको कर दाखिलाको समीक्षा गर्दा तपाईंसँग कटौतीको लागि गरेको दावीको समर्थन गर्ने प्रमाण भएन भने, तपाईंका दावीहरू अस्वीकार गरिन सक्छ (तपाईंको कर दाखिलाबाट हटाइन्छ)।

राम्रो अभिलेख राख्नाले तपाईंलाई निम्न कुरामा मद्दत पुग्छ:

• आफ्नो खर्चहरूको प्रमाण प्रदान गर्न

• आफ्नो कर दाखिला तयार गर्न

• आफ्ना सबै अधिकारहरू दावी गर्न सक्ने सुनिश्चित गर्न

• कर लेखापरीक्षण र समायोजनको जोखिम कम गर्न।

यो सामान्य सारांश मात्र हो। थप जानकारीको लागि ato.gov.au/keepingrecords हेर्नुहोस् वा पञ्जीकृत कर पेशेवरसँग कुरा गर्नुहोस्।

 

 

QC102774