ato logo
Search Suggestion:

अष्ट्रेलियामा कर र सुपर

अष्ट्रेलियामा कर र सुपरएनुएसनको बारेमा तपाईंले जान्नु पर्ने कुरा।

Last updated 7 July 2024

हाम्रो भूमिका

हामी अष्ट्रेलियन कर कार्यालय (ATO) हौँ। हामी कर तथा पेन्सन (सुपर) र रजिष्ट्री प्रणालीको व्यवस्थापन गर्छौं।

संकलित राजस्व सेवा र सार्वजनिक स्वास्थ्य तथा यातायात जस्ता पूर्वाधारमा खर्च गरिन्छ। यसले सबै अष्ट्रेलियालीहरूलाई फाइदा पुर्‍याउँछ।

हामी कर र सुपर प्रणालीलाई सकेसम्म सहज बनाउन चाहन्छौं।

हाम्रो वेबसाइटमा तपाईं निम्न कुरासम्बन्धी जानकारी पाउने हुने छ:

  • अष्ट्रेलियामा कर र सुपर प्रणालीले काम गर्ने तरिका
  • अध्ययन (विदेशी विद्यार्थीहरूको लागि)
  • कर फाइल संख्या (TFN) प्राप्त गर्ने र प्रथम काम सुरु गर्ने तरिका
  • आफ्नै व्यवसाय सुरु गर्ने व्यक्तिहरूको लागि कर, सुपर तथा दर्ता
  • कर फिर्ता फाराम पेस गर्ने तरिका
  • अवकाशको प्रयोजनका लागि आफ्नो सुपर वृद्धि गर्ने र त्यसको अभिलेख राख्ने तरिका

करले कसरी काम गर्छ र हामी किन कर तिर्छौँ 

Tax and Super Basics - Tax how it works 120x120px.png

अष्ट्रेलियमा अध्ययन 

Tax and Super Basics - Studying in Australia 120x120px.png

पहिलो काम सुरु गर्दा 

Tax and Super Basics - Starting your first job 120x120px.png

नगदमा भुक्तानी प्राप्त गर्दा 

Tax and Super Basics - Getting paid in cash 120x120px.png

साझा अर्थतन्त्र

Tax and Super Basics - Sharing economy 120x120px.png

आफ्नै व्यावसाय सुरु गर्ने तरिका

Tax and Super Basics - Starting your own business 120x120px.png

कर फिर्ता फाराम पेस गर्ने तरिका

Tax and Super Basics - Lodging your first tax return 120x120px.png

कर तिर्ने सहायता

Tax and Super Basics - Help with paying debts 120x120px.png

सुपर किन महत्त्वपूर्ण छ

Tax and Super Basics - Super what is it 120x120px.png

छलीबाट बच्ने तरिका

Tax and Super Basics - Keep safe from scams 120x120px.png

सहयोग प्राप्त गर्ने तरिका

Tax and Super Basics - Getting help 120x120px.png

श्रोतहरू

Tax and Super Basics - Resources 120x120px.png

सुन्न रुचाउनुहुन्छ? नेपालीमा सुन्न थिच्नुहोस्

कर तथा सुपरसम्बन्धी सामान्य शब्दावली हेर्नुहोस्

तपाईंले यो जानकारी बुझ्नुभएन भने तपाईं कर एजेन्टसँग गफ गर्न वा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ।

करले कसरी काम गर्छ र हामी किन कर तिर्छौँ

कर के हो

हामीले सरकारको पक्षबाट संकलन गर्ने रकमलाई कर भनिन्छ। तपाईंले निम्न कुराहरूबाट आय आर्जन गर्नुहुन्छ भने तपाईंले कर तिर्नु पर्ने हुन सक्छ:

  • कामबाट
  • Centrelink का भत्ता तथा भुक्तानीवापत
  • व्यवसायबाट
  • (बैंक ब्याज जस्ता) अन्य श्रोतहरूबाट।

कर किन तिर्नु पर्छ

हामीले सङ्कलन गरेको पैसा निम्न सेवामा खर्च गरिन्छ:

  • स्वास्थ्य
  • शिक्षा
  • रक्षा
  • सडक तथा रेल
  • CentrelinkExternal LinkExternal Link बाट प्राप्त हुने सामाजिक सुरक्षा तथा अन्य भुक्तानी

मैले कसरी कर तिर्नु पर्छ?

तपाईं कुनै रोजगारदाताको लागि काम गर्नुहुन्छ भने निजले तपाईंको तलवबाट कर कट्टा गर्छन् र सो कर रकम हामीलाई दिन्छन्।

तपाईंले व्यवसाय वा ब्याजबाट आय आर्जन गर्नुभयो भने पनि तपाईंले हामीलाई कर तर्नु पर्ने हुन सक्छ। सहयोगको आवश्यकता भएमा तपाईं हामीलाई वा पञ्जीकृत कर एजेन्टलाई सम्पर्क गर्न सक्नुहुन्छ

प्रायजसो मान्छेहरूले निम्न कुरा जनाउन प्रत्येक वर्ष कर फिर्ता फाराम पेस गर्नु पर्छ:

  • आफूले आर्जन गरेको आय
  • आफूले तिरेको कर।

हामी तपाईंले तिरेको कर रकम सही छ वा छैन भन्ने कुरा निर्धारण गर्न यो सूचना प्रयोग गर्ने छौँ।

तपाईंले धेरै कर तिर्नुभएको छ भने तपाईंले कर फिर्ता प्राप्त गर्नुहुने छ। तपाईंले पर्याप्त कर तिर्नु भएको छैन भने तपाईंले कर बिल प्राप्त गर्नुहुनेछ। ब्याजबाट बच्न तपाईंले उक्त बिल समयमै तिर्नुपर्ने हुन्छ।

नेपालीमा सुन्न क्लिक गर्नुहोस् ।

Media: कर के हो, हामी किन कर तिर्छौँ र कसरी कर तिर्ने भन्ने बारेमा जान्नुहोस् ।
https://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiudsrgzzdExternal Link (Duration: 00:01:16)

 अष्ट्रेलियमा अध्ययन

तपाईं छ महिना वा सोभन्दा बढी अवधिका लागि अष्ट्रेलियामा अध्ययन गर्दै हुनुहुन्छ भने कर प्रयोजन (करयोग्य आवास) का लागि तपाईंलाई निवासीको रूपमा लिइने छ। विद्यार्थी अवस्था र प्रवासनको अवस्था फरक फरक कुरा हुन्।

कर प्रयोजनको लागि निवासी हुनुले निम्न अर्थ दिन्छ:

  • तपाईंको आयकर दर र अष्ट्रेलियाली निवासीको आयकर दर एकै छ। यो दर विदेशी नागरिकमा लागू हुने दरभन्दा सामान्यतया कम हुन्छ।
  • तपाईंसँग निम्न लगायतका अष्ट्रेलियाली कर प्रणालीबाट प्राप्त हुने सुविधा प्राप्त गर्ने अधिकार छ    
    • कर नलाग्ने आयको सीमा
    • कर छूट।

सुन्न रुचाउनुहुन्छ?

Media: अष्ट्रेलियमा अध्ययन
https://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiud4tykjcExternal Link (Duration: 00:00:37)

 थप जानकारीको लागि हेर्नुहोस्:

अष्ट्रेलियामा आफ्नो पहिलो काम सुरु गर्दा

नयाँ काम सुरु गर्नुअघि तपाईंले केही कुरा जान्नु पर्ने हुन्छ।

काम सुरु गर्नुअघि कर फाइल नम्बर लिनुहोस्

तपाईंको कर फाइल संख्या (TFN) हाम्रो कर प्रणालीले तपाईंलाई प्रदान गर्ने करदाता संख्या हो। काम गर्न सुरु गर्नुअगाडि वा काम गर्न सुरु गर्ने बित्तिकै तपाईंले TFN का लागि आवेदन दिनु पर्छ। तपाईंले आफ्नो रोगजारदातालाई TFN दिन सक्नुभएन भने तपाईंले बढी कर तिर्नु पर्ने हुन्छ।

TFNनिःशुल्क प्राप्त गर्न सकिन्छ।

अर्को कदमहरुः

आफ्नो TFN सुरक्षित राख्नुहोस्

तपाईंले आफ्नो नाम बदलेमा, तपाईं अर्को राज्यमा बसाइ सरेमा वा विदेश गएमा पनि तपाईंको TFN परिवर्तित हुने छैन।

कसैलाई पनि आफ्नो TFN प्रयोग गर्न नदिनुहोस्।

रोजगार आवेदन वा अनलाइनमा आफ्नो TFN कहिल्यै नदिनुहोस्। काम गर्न सुरु गरेपछि आफ्नो रोगजारदातालाई मात्र तपाईंले आफ्नो TFN दिनु पर्छ। यो काम कर फाइल नम्बर घोषणा फाराम भरेर गरेर गरिन्छ।

नेपालीमा सुन्न क्लिक गर्नुहोस् ।

Media: पहिलो काम सुरु गर्दा
https://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiudiz4jmeExternal Link (Duration: 00:00:54)

 थप जानकारीको लागि हेर्नुहोस्:

तपाईंले काम गर्न सुरु गरेपछि

तपाईंले काम सुरु गरेपछि जान्नु पर्ने र गर्नु पर्ने केही कुराहरू छन्।

कर फाइल संख्या घोषणा फाराम भर्नुहोस्

तपाईंको व्यक्तिगत जानकारी र TFN प्राप्त गर्न तपाईंको रोजगारदाताले तपाईंलाई Tax file number declaration फाराम भर्न लगाउने छन्।

तपाईंको रोजगारदाताले यो जानकारी प्रयोग गरेर तपाईंले कति कर तिर्नु पर्छ भन्ने कुरा निर्धारण गर्छन्।

तपाईंले 28 दिनभित्र यो घोषणा फाराम आफ्नो रोगजारदातालाई प्रदान गरिसक्नु पर्छ। तपाईंले यो काम गर्न नसकेको खण्डमा तपाईंका रोजगारदाताले तपाईंबाट बढी कर लिनु पर्ने हुन्छ।

तपाईंले कति कर तिर्नु पर्ने छ

तपाईंको रोजगारदाताले तपाईंको तलवबाट कर कट्टा गरी कर रकम हामीलाई दिने छन्। यसलाई 'कर कट्टी (pay as you go withholding)' भनिन्छ।

तपाईंले तिर्ने कर रकम निम्न कुरामा आधारित हुन्छ:

  • तपाईं कर प्रयोजनको लागि निवासी हुनुहुन्छ वा हुनुहुन्न
  • तपाईंको आय
  • तपाईंसँग TFN छ वा छैन।

प्रायजसो मान्छेहरूले प्रत्येक वर्ष कर फिर्ता फाराम भनेर हामीलाई बुझाउनु पर्छ।

सुपर

सुपरएनुएसन वा 'सुपर' त्यो पैसा हो जुन तपाईंको रोजगारदाताले तपाईंको नियमित आयका थपेर तपाईंले तोकेको सुपर कोषमा जाम्म गर्छन्। तपाईं पनि आफ्नो सुपरमा योगदान गर्न सक्नुहुन्छ। तपाईंको सुपरमा बचत भएको रकम तपाईंको रोजगारी अवधिमा बढी रहन्छ। तपाईं अवकाशपछि उक्त रकम प्रयोग गरेर जीविकोपार्जन गर्न सक्नुहुन्छ।

थप जानकारीको लागि हेर्नुहोस्:

नगदमा भुक्तानी प्राप्त गर्दा

केही रोजगारदाताले तपाईंलाई तलव नगदमा दिन्छन्। उनीहरूले निम्न कुराहरू गरेर नगदमा तलव दिए भने केही फरक पर्दैन:

  • तपाईंको तलवबाट सही कर कट्टा गरी कर रकम हामीलाई दिएमा
  • तपाईंलाई तपाईंले तिरको कर रकम देखाउने पेस्लिप दिएमा
  • तपाईंको सुपर कोशमा सही रकम जम्मा गरिदिएमा।

रोजगारदाताले माथि उल्लिखित कुरा नगरेमा तपाईं आफूले पाउनेभन्दा कम तलव र सुपर प्राप्त गरिरहनुभएको हुन सक्छ।

नेपालीमा सुन्न क्लिक गर्नुहोस् ।

Media: पहिलो काम सुरु गर्दा
https://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiudiz4s7xExternal Link (Duration: 00:01:51)

 थप जानकारीको लागि हेर्नुहोस्:

साझा अर्थतन्त्र

तपाईं साझा अर्थतन्त्र (gig अर्थव्यवस्था पनि भनिने) को माध्यमबाट पैसा कमाउनुहुन्छ भने तपाईंको आयमा आयकर र वस्तु तथा सेवा कर (GST) लागू हुन सक्छ। यसमा निम्न कुराहरू पर्छन्:

  • Airbnb, Vrvo वा FlipKey जस्ता प्लेटफर्ममार्फत तपाईंको घरको सबै वा केही भाग भाडामा दिने काम
  • Camplify, Uber Carshare र Toolmates जस्ता प्लेटफर्ममार्फत गाडी, क्याराभान, कार पार्किङ तथा भण्डारण स्थल र व्यक्तिगत सामानसहितका घर जग्गा साझा रूपमा प्रयोग गर्ने काम। 
  • ग्राफिक डिजाइन, वेबसाइट, र OneFlare, Mad Paws र Airtasker जस्ता प्लेटफर्ममार्फत डेलिभरी तथा फर्निचर जडान गर्ने जस्ता काम लगायताका रचनात्मक वा व्यावसायिक सेवाहरू प्रदान गर्ने काम।

Uber, Didi, Shebah वा GoCatch जस्ता प्लेटफर्ममार्फत यातायात सेवा दिई आर्जन गरिएको आम्दानीमा आयकर र GST लाग्छ। सबै राइड सोर्सिङ चालकहरूसँग अष्ट्रेलियन व्यवसाय नम्बर (Australian Business Number) (ABN) हुनुपर्छ र उनीहरू GST को लागि दर्ता हुनुपर्छ।

तपाईंको आम्दानी तपाईंको कर फिर्ता फाराममा समावेश गरिएको छ भने तपाईं साझा अर्थतन्त्रसँग सम्बन्धित खर्चका हकमा कर घटाउन सक्नुहुन्छ।

थप जानकारीको लागि हेर्नुहोस्:

एक भन्दा बढी कामबाट आम्दानी

तपाईं कर प्रयोजनका लागि आर्थिक वर्षको केही वा सबै अवधिभर अष्ट्रेलियाका बासिन्दा हुनुहुन्छ भने तपाईं निश्चित आम्दानीको (थ्रेसहोल्डको) लागि कर नतिर्न पाउनु हुन्छ। यसको मतलब तपाईंको रोजगारदाताले तपाईंको आयबाट कम कर काट्छन्। 

तपाईंसँग एकै समयमा एक भन्दा बढी कामहरू छन् भने तपाईंले कर फिर्ता फाराम पेस गर्दा कर बिल प्राप्त गर्नबाट जोगिनको लागि एक रोजगारदाताको सन्दर्भमा मात्र यो थ्रेसहोल्डको प्रयोग गर्नु पर्छ। सामान्यतया तपाईंले उच्च आयो हुने कामका सन्दर्भमा मात्र यो थ्रेसहोल्ड प्रयोग गर्नु पर्छ। तर तपाईं सबै रोजगारबाट $18,200 भन्दा कम आय आर्जन गर्नुहुन्छ तपाईं हरेक रोजगारदाताको हकमा यो थ्रेसहोल्ड प्रयोग गर्न सक्नुहुन्छ। 

तपाईंले आफ्नो कर फिर्ता फाराम दाखिला गर्दा तपाईंले आफ्नो सबै आय र कति कर कट्टा गरिएको छ भन्ने कुराको जानकारी दिनु पर्ने छ। हामी तपाईंको कुल करयोग्य आय गणना गर्ने छौं र तपाईं आफूले तिर्नु पर्ने मात्र कर तिर्नुहुन्छ भन्ने कुरा सुनिश्चित गर्ने छौँ। 

कर्मचारी वा ठेकेदार

कर्मचारी र ठेकेदार फरक फरक व्यक्ति हुन्।

कर्मचारी अर्को व्यक्तिको व्यवसायमा काम गर्दछ तर स्वतन्त्र ठेकेदार सामान्यतया स्वरोजगार हुन्छ र आफ्नै व्यवसाय चलाउँछ।

केही रोजगारदाताहरूले तपाईंलाई ठेकेदारको रूपमा लिन्छन् वा तपाईंलाई अष्ट्रेलियाली व्यवसाय संख्या (ABN) लिन प्रोत्साहित गर्छन्। यसो गरेर उनीहरू आफ्नो उत्तरदायित्वबाट भागिरहेका छन् भन्ने कुरा बुझ्नुहोस्।

व्यवसाय चलाउने व्यक्तिहरूलाई मात्र ABN चाहिन्छ। तपाईंको रोजगारदाताले तपाईंलाई ठेकेदारको रूपमा व्यवहार गरेर तलव दिइरहेको छ भने तपाईंले निम्न लगायतका सुविधाहरू गुमाइरहेको हुन सक्छ:

  • बिरामी बिदा
  • तलवी बिदा
  • सुपर
  • रोजगारी बीमा।

थप जानकारीको लागि हेर्नुहोस्:

स्वतन्त्र ठेकेदारको रूपमा काम गर्ने

स्वतन्त्र ठेकेदारहरूसँग कर्मचारीहरूको विभिन्न कर र सुपर दायित्व वहन गर्नु पर्ने हुन्छ। तपाईं एक व्यक्ति (एकल व्यापारी) को रूपमा वा आफ्नै कम्पनी, साझेदारी वा ट्रस्टमा काम गरेर स्वतन्त्र ठेकेदारको रूपमा काम गर्न सक्नुहुन्छ। तपाईंले आफूलाई उपठेकेदार वा 'सब्बी' पनि भन्न सक्नुहुन्छ।

एक स्वतन्त्र ठेकेदारको रूपमा तपाईंको आफ्नै व्यवसाय हुन्छ। त्यसकारण तपाईंले आफ्नै कर तिर्नुपर्छ।

तपाईंलाई निम्न कुराहरू पनि आवश्यक पर्न सक्छ:

  • ABN
  • GST को लागि दर्ता
  • तपाईंको आयमा व्यक्तिगत सेवा आयको नियम लागू हुन्छ वा हुँदैन भन्ने कुराको जानकारी
  • करयोग्य भुक्तानी वार्षिक रिपोर्ट (TPAR) पेश गर्न
  • तपाईंको केही वा सबै कामदारको सुपर ग्यारेन्टीको भुक्तानी

यसका अतिरिक्त, स्वतन्त्र ठेकेदारको रूपमा: 

  • तपाईं तलबी बिदा पाउनुहुन्न; उदाहरणका लागि, बिरामी, वार्षिक, मनोरञ्जन वा लामो सेवा बिदा
  • तपाईंले आफ्नै खर्चमा आफ्ना गल्ती सुधार्नु पर्छ र तपाईंको कामबाट क्षति वा चोट पुगेको छ भने त्यसको लागत तपाईंले तिर्नु पर्ने हुनसक्छ
  • तपाईंसँग अरूलाई काम प्रत्यायोजन गर्ने अधिकार हुन्छ
  • तपाईं आफ्नो काम गर्न आवश्यक पर्ने सबै वा धेरैजसो औजार तथा उपकरणहरू काममा ल्याउनुहुन्छ
  • तपाईंले आफ्नो व्यापारका लागि आवश्यक उपकरण वा तपाईंले काम गर्न आवश्यक पर्ने कुनै पनि उपकरण किन्नु वा भाँडामा लिनुपर्छ
  • जबसम्म तपाईं सहमत भएको मापदण्डअनुसार वा तपाईंको सम्झौता वा सम्झौतामा निर्दिष्ट सर्तअनुसार काम पूरा गर्नुहुन्छ तबसम्म तपाईं जुन सुकै तरिकाले काम गर्न सक्नुहुन्छ।

कार्यस्थलमा हुँदाका अधिकार तथा दायित्वहरू

अष्ट्रेलियामा काम गर्ने सबै जनासँग कामसम्बन्धी अधिकार तथा दायित्वहरू हुन्छन्। अष्ट्रेलियाली कानुनले न्यूनतम तलव तथा कार्यस्थलका सुविधाहरू निर्धारण गरेको हुन्छ।

Fair Work Ombudsman ले तपाईंलाई कामसम्बन्धी उत्तरदायित्व तथा अधिकारहरूको बारेमा जानकारी प्रदान गर्न सक्छ। त्यहाँबाट विभिन्न भाषामा सूचना प्राप्त गर्न सकिन्छ।

थप जानकारीको लागि हेर्नुहोस्:

अष्ट्रेलियामा आफ्नै व्यवसाय सुरु गर्दा

तपाईंले आफ्नै व्यवसाय सुरु गर्दा (अंग्रेजीमा) तपाईंले करसम्बन्धी दायित्व वहन गर्नु पर्ने हुन्छ। तपाईं आफूले तिर्ने कर रकम कम गर्न व्यावसायिक लागतबापत कर छूटको माग गर्न सक्नुहुन्छ।

तपाईंले आफ्नो व्यवसायमा कर्मचारी राखेमा तपाईंले आफ्नो कर्मचारीको कर तथा सुपर तिरिदिनु पर्ने हुन्छ।

तपाईंलाई के गर्ने भन्ने बारेमा कुनै जानकारी छैन भने सहयोगका लागि मान्यता प्राप्त कर एजेन्टलाई सोध्नुहोस् वा हामीलाई सम्पर्क गर्नुहोस्।

तपाईंले व्यावसाय सुरु गर्नुअगाडि

तपाईं व्यवसायमा हुनुहुन्छ वा हुनुहुन्न भन्ने कुरा तपाईंले जान्नु पर्ने हुन्छ। यो निर्धारण गर्नका लागि हामीसँग अङ्ग्रेजीमा जानकारी उपलब्ध छ।

तपाईं व्यवसाय गरिरहनुभएको छ भने तपाईंसँग निम्म लगायतका कानुनी दायित्वहरू हुन्छन्:

  • हामीलाई आफूले कति आम्दानी गर्नुभएको छ सो कुराको जानकारी दिने
  • तपाईंको व्यापार लेनदेनको सही र पूर्ण रेकर्ड राख्ने
  • समयमै आफ्नो कर दायित्वहरू बुझाउने र तिर्ने।

आफ्नो व्यावसायको संरचना छान्ने

अष्ट्रेलियामा व्यवसायका 4 मुख्य प्रकारहरू छन्:

  • एकलौटी व्यवसाय
  • साझेदारी
  • कम्पनी र
  • ट्रस्ट।

यसलाई व्यापार संरचनाहरू भनिन्छ। (अङ्ग्रेजीमा)

हरेक संरचनामा करसम्बन्धी फरक फरक नियमहरू हुन्छन्। यी नियमले तपाईंले तिर्ने कर रकम र तपाईंले ऋण लिएमा के हुन्छ भन्ने कुरालाई असर गर्छन्। आफ्नो व्यवसायको संरचना छान्नुअगाडि तपाईंले यी नियमहरू बुझ्नु पर्ने हुन्छ।

आफ्नो व्यावसायको सुरु गर्ने तरिका

आफ्नो व्यावसाय दार्ता गर्ने तरिका

तपाईंले व्यवसाय सुरु गर्दा तपाईंलाई निम्न कुराहरू चाहिन सक्छ:

  • ABN
  • TFN, (तपाईं एकल व्यापारी हुनुहुन्छ भने तपाईंले आफ्नो व्यवसायको लागि आफ्नो व्यक्तिगत TFN प्रयोग गर्नुपर्छ र तपाईंले अर्कै संरचना रोज्नुभयो भने तपाईंले TFN को लागि आवेदन दिनु पर्ने हुन्छ।)

तपाईं कति आर्जन गर्नुहुन्छ र तपाईंले कर्मचारी राख्नुभएको छ वा छैन भन्ने कुराको आधारमा तपाईंले निम्न सेवामा पनि दर्ता गर्नु पर्ने हुन सक्छ:

  • GST
  • कर कट्टी (PAYG) कट्टी
  • फ्रिंज बेनिफिट ट्याक्स (FBT)।

ABN प्राप्त गर्ने तरिका

ABN तपाईंको व्यवसायले अन्य व्यवसाय, ग्राहक, सरकार, र ATO सँग व्यवहार गर्दा प्रयोग गर्ने एक अद्वितीय नम्बर हो।

सबैजना ABN को हकदार हुँदैनन्। तपाईं व्यवसाय चलाउँदै हुनुहुन्छ भने तपाईंलाई यसको आवश्यक पर्न सक्छ।

तपाईंसँग ABN छ भने तपाईंले यो नम्बर आफ्नो बीजकमा उल्लेख गर्नु पर्छ। तपाईंसँग ABN छैन भने तपाईंले कारोबार गर्ने अरू व्यवसायले तपाईंले प्राप्त गर्न रकमबाट सामान्यभन्दा बढी रकम करबापत काटेर हामीलाई दिने छन्।

ABN निःशुल्क प्राप्त गर्न सकिन्छ।

GST र अन्य खाले करमा दर्ता गर्ने तरिका

तपाईंले आफूले चलाइरहेको व्यवसाय प्रकृतिको आधारमा GST र अन्य खाले करमा दर्ता गर्नु पर्ने हुन सक्छ।

थप जानकारीको लागि हेर्नुहोस्:

आफ्ना कर्मचारीहरूलाई भुक्तानी दिने तरिका

तपाईंको व्यवसायले कर्मचारी वा ठेकेदार (चाहे परिवारका सदस्य नै किन नहुन्) लाई काममा राखेको छ भने तपाईंले केही अतिरिक्त काम गर्नु पर्छ।

कर्मचारीलाई भुक्तानी दिने तरिका

जब तपाईं कर्मचारीहरूलाई काममा लगाउनु हुन्छ तपाईंले कर र सुपर दायित्वहरू पूरा गर्नु पर्ने हुन्छ।

TFN घोषणा

कर्मचारीले काम गर्न सुरु गरेको दिन तपाईंले उनीहरूलाई कर फाइल संख्या घोषणा फाराम भर्न लगाउनु पर्छ। उनीहरूसँग कर फाइल संख्या छैन भने तपाईंले उपलब्ध सबैभन्दा उच्च दरमा उनीहरूबाट कर काटेर हामीलाई कर रकम बुझाउनु पर्छ।

थप जानकारीको लागि हेर्नुहोस्:

PAYG कट्टी

तपाईंले कर्मचारी काममा राख्नु भएको छ भने तपाईंले उनीहरूको तलवबाट कर काटेर हामीलाई कर रकम बुझाउनु पर्छ। यसलाई कर कट्टी (PAYG withholding) भनिन्छ।

थप जानकारीको लागि हेर्नुहोस्:

सुपर बापत भुक्तानी गर्ने तरिका

तपाईंले कर्मचारी काममा राख्नुभएको छ भने तपाईंले अनिवार्य रूपले योग्य कर्मचारीको सुपर रकम भुक्तानी गर्नु पर्छ। तपाईंले यो रकम कर्मचारीको सुइर कोशमा पठाउनु पर्छ। यसलाई "सुपर ग्यारेन्टी" भनिन्छ। तपाईंले आफ्ना कर्मचारीहरूको सुपरलाई पूर्ण रूपमा, समयमा र सही कोषमा तिर्नुपर्छ।

थप जानकारीको लागि हेर्नुहोस्:

सिङ्गल टच पेरोल (STP)

सिङ्गल टच पेरोलअन्तर्गत तपाईंले कर्मचारीलाई तलव दिँदा हरेक पटक आफ्ना कर्मचारीको पेरोलसम्बन्धी जानकारी प्रदान गर्नु पर्छ। तपाईंले निम्न कुराको जानकारी दिनु पर्ने हुन्छः

  • तिरिएको तलव वा ज्याला
  • काटिएको कर
  • सुपरबापत गरिएका योगदानहरू

तपाईं यो जानकारी कसरी र कहिले दिनु पर्छ भन्ने कुरा तपाईंको व्यवसायमा भएका कर्मचारीहरूको संख्यामा भर पर्छ।

तपाईं आफूलाई यो जानकारी प्रदान गर्न सहयोग गर्ने विशेष सफ्टवेयर प्राप्त गर्न सक्नुहुन्छ। यी सफ्टवेयर निःशुल्क वा कम लागतमा उपलब्ध हुन्छन्।

थप जानकारीको लागि हेर्नुहोस्:

स्वतन्त्र ठेकेदारहरूलाई भुक्तानी गर्दा

तपाईं आफ्नो व्यवसायमा ठेकेदारबाट काम गराउनु हुन्छ भने तपाईंले कर र सुपरसम्बन्धी फरक खालका केही नियमहरूको पालना गर्नु पर्ने हुन्छ। तपाईंले कर्मचारी र ठेकेदार बीचमा के फरक छ भन्ने कुरा जान्नु पर्छ।

निश्चित परिस्थितिहरूमा तपाईंले सुपरएनुएसन प्रयोजनका लागि कर्मचारी मानिने स्वतन्त्र ठेकेदारहरूको सुपरएनुएसन तिर्नुपर्छ।

थप जानकारीको लागि हेर्नुहोस्:

कर रिपोर्ट गर्ने तथा तिर्ने तरिका

तपाईं व्यवसाय चलाउनुहुन्छ भने तपाईंले आफ्नो व्यवसायले कमाउने रकममा कर तिर्नु पर्ने हुन्छ। तपाईंले आफ्नो कर्मचारी र सरकारको पक्षबाट संकलन गर्ने रकम पनि तर्नु पर्ने हुन्छ। तपाईंले पेस गर्ने कर फिर्ता फाराम तपाईंको व्यवसायको संरचनामा भर पर्छ। तपाईंले क्रियाकलापको विवरण पनि पेस गर्नु पर्ने हुन सक्छ। तपाईंले तोकिएको मिति भन्दा पहिले दाखिला र भुक्तानी गर्नु पर्ने हुन्छ।

तपाईंको कर फिर्ता फाराम

तपाईंको कर फिर्ता फारामले हामीलाई निम्न कुराको जानकारी दिन्छ:

  • तपाईंको व्यवसायले कति पैसा कमाएको छ
  • तपाईंले तिरेको कर रकम

तपाईंले अनिवार्य रूपले हरेक वर्ष कर फिर्ता फाराम पेस गर्नु पर्छ:

तपाईं एकलौटी व्यवसाय चलाउँदै हुनुहुन्छ भने तपाईंले व्यक्तिगत कर फिर्ता फारामको प्रयोग गरेर आफ्नो कर विवरण पेस गर्नु पर्ने छ।

तपाईं साझेदारी व्यवसाय, कम्पनी वा ट्रस्ट चलाइरहनुभएको छ भने तपाईंले आफ्नो व्यवसायको हकमा फरक खाले कर फिर्ता फाराम प्रयोग गर्नु पर्ने हुन्छ।

थप जानकारीको लागि हेर्नुहोस्:

क्रियाकलापको विवरणहरू

क्रियाकलापको विवरण र कर फिर्ता फाराम फरक फरक कुरा हुन्। तपाईंको BAS ले तपाईंलाई रिपोर्ट गर्न र निम्न लगायतका कर तिर्न मद्दत गर्ने छ:

  • वस्तु तथा सेवा कर (GST)
  • कर कट्टी (PAYG)
  • PAYG withholding

तपाईंले ABN र GST को लागि दर्ता गर्दा हामी तपाईंलाई दर्ता गर्ने समय आउँदा स्वतः BAS पठाउने छौं।

तपाईंसँग तपाईंको BAS मा रिपोर्ट गर्नको लागि केही छैन भने पनि तपाईंले तोकिएको मितिभित्र 'शून्य' BAS दर्ता पेस गर्नु पर्ने हुन्छ।

समयमै आफ्नो BAS जम्मा गर्नु र तिर्नु महत्त्वपूर्ण छ। तपाईंले आफ्नो रिपोर्टिङ र भुक्तानी चक्रको आधारमा यो काम त्रैमासिक, मासिक वा वार्षिक रूपमा गर्न आवश्यक पर्दछ। तपाईं भुक्तानी गर्न सकिरहनुभएको छैन भने तपाईंको अर्को भुक्तानी अवधिअघि सामान्य अवस्थामा फर्कने सहयोगका लागि हामीलाई वा तपाईंको कर व्यवसायीलाई सम्पर्क गर्नुहोस्।

थप जानकारीको लागि हेर्नुहोस्:

कटौती तथा छूट दाबी गर्ने तरिका

तपाईं आफ्नो व्यवसायका लागि खर्च गर्नुहुन्छ भने तपाईं कर कटौतीको लागि दाबी गर्न सक्नुहुन्छ। परिणामस्वरूत तपाईंले कम कर तिर्नु पर्छ।

केही व्यवसायहरू कर छूट वा फिर्ता प्राप्त गर्न पनि योग्य हुन्छन्।

थप जानकारीको लागि हेर्नुहोस्:

तपाईंले कर बिल प्राप्त गर्नुभयो भने तपाईंले सामान्य ब्याजबाट बच्न सबै कर रकम समयमै भुक्तानी गर्नुपर्छ।

तपाईंले सफलताको लागि आफूलाई तयार गर्न र कर बिलबाट बच्चा केही कुराहरू गर्न सक्नुहुन्छ। तपाईंले व्यवसाय चलाउँदा तपाईंसँग आफ्नो र तपाईंले सरकार र कर्मचारी पक्षबाट संकलन गर्ने रकम हुन्छ। तपाईंले निम्न कार्यका लागि छुट्टै बैंक खाता खोल्नुपर्छ:  

  • GST
  • PAYG कट्टी
  • तपाईंको कर्मचारीहरूको सुपर ग्यारेन्टी।

छुट्टै बैंक खाता प्रयोग गर्नाले तपाईंलाई आफ्नो वित्त ट्र्याक गर्न र पूर्ण र समयमै तपाईंको कर तिर्न मद्दत गर्दछ। यसलाई तपाईंको व्यवसायको नगद प्रवाह (अंग्रेजीमा) को रूपमा प्रयोग नगर्नुहोस्।

व्यापार रेकर्ड राख्ने

रेकर्ड राख्नु कानुनी आवश्यकता हो र यो काम तपाईंको व्यवसाय राम्ररी चलाउनको लागि आवश्यक छ। तपाईंले कम्तीमा पाँच वर्षको क्रियाकलापको अभिलेख राख्नु अनिवार्य हुन्छ। सही अभिलेख राख्नुले तपाईंलाई निम्न काममा मद्दत पनि गर्छ:

  • तपाईंको व्यवसायले नाफा वा नोक्सान गरिरहेको छ कि छैन भनेर जान्न
  • आय तथा खर्चको अवस्था जान्न
  • बैंकहरू वा रिणदाताहरूलाई तपाईंको व्यापार वित्त देखाउन।

कर फिर्ता फाराम पेस गर्ने तरिका

प्रायजसो मान्छेहरूले प्रत्येक वर्ष कर फिर्ता फाराम भनेर हामीलाई बुझाउनु पर्छ। आफ्नो कर फिर्ता फाराममा तपाईंले आफ्नो वार्षिक आय तथा कटौतीसम्बन्धी जानकारी प्रदान गर्नु पर्छ।

तपाईंले थप कर तिर्नु पर्छ वा पर्दैन वा तिरेको कर रकम फिर्ता (कर फिर्ता) हुन्छ वा हुन्न भन्ने कुरा थाह पाउन हामी यो सूचना प्रयोग गर्छौँ।

कर फिर्तामा 1 जुलाई र 30 जुन बीचको आर्थिक विवरण समावेश हुन्छ। तपाईं कर फिर्ता फाराम पेस गर्दै हुनु हुन्छ भने तपाईंले 31 अक्टोबरसम्ममा यो काम गरिसक्नु पर्छ।

तपाईं कर फिर्ता फाराम भर्ने सहयोग चाहनुहुन्छ र तपाईंको आय कम छ भने हाम्रा तालिम प्राप्त कर स्वयंसेवकहरूले तपाईंलाई सहयोग गर्न सक्छन्।

तपाईं कर एजेन्ट प्रयोग गर्दै हुनुहुन्छ भने तपाईं ती एजेन्टलाई 31 अक्टोबरअगाडि सम्पर्क गरिसक्नु पर्ने हुन्छ। तपाईंले आफ्नो कर एजेन्ट पञ्जीकृत एजेन्ट हुन् वा होइनन् भन्ने कुरा जाँच्नु पर्छ।

नेपालीमा सुन्न क्लिक गर्नुहोस् ।

Media: कर फिर्ता फाराम पेस गर्ने तरिका
https://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiudizrzt4External Link (Duration: 00:00:58)

कसकसले कर फिर्ता फाराम पेस गर्नु पर्छ?

प्रायजसो सबै मान्छेले प्रत्येक वर्ष कर फिर्ता फाराम भरेर ATO मा पेस गर्नु पर्ने हुन्छ। तपाईंले कर दाखिला गर्न आवश्यक पर्ने कारणहरूमा निम्न समावेश हुन सक्छन्: 

  • तपाईंले प्राप्त गर्नुभएको आम्दानीमा कर लिइएको (काटिएको) थियो
  • तपाईं अष्ट्रेलियन बासिन्दा हुनुहुन्छ र तपाईंको करयोग्य आय कर-मुक्त थ्रेसहोल्ड ($18,200) भन्दा बढी थियो
  • तपाईं कुनै कर कटौती दावी गर्न चाहनुहुन्छ
  • तपाईं बाल सहायता तिर्नुहोस् वा प्राप्त गर्नुहुन्छ
  • तपाईंले कुनै पनि व्यवसाय, लगानी, वा विदेशी आय प्राप्त गर्नुभएको छ 
  • तपाईं अष्ट्रेलिया छोड्दै हुनुहुन्छ वा विदेशमा बस्दै हुनुहुन्छ र अध्ययन वा प्रशिक्षण सहायता ऋण लिदै हुनुहुन्छ। 

तपाईं निश्चित हुनुहुन्न भने हामीसँग तपाईंलाई मद्दत गर्ने श्रोत अंग्रेजीमा छ।  

मैले किन कर फिर्ता फाराम पेस गर्नु पर्छ?

ATO ले तपाईंले कुनै आर्थिक वर्षमा कति रकम कमाउनुभयो र तपाईं आफ्नो आयबाट के के कट्टा गरेर कर तिर्न सक्नुहुन्छ भन्ने कुरा यकिन गर्नु पर्ने हुन्छ। तपाईंले पेस गरेको फारामको आधारमा तपाईंले थप कर (कर बिल) तिर्नु पर्छ वा तपाईं रकम फिर्ता (कर फिर्ता) प्राप्त गर्नु्नुहुन्छ भन्ने कुरा यकिन गर्न सकिन्छ।

अष्ट्रेलियाको आर्थिक वर्ष 1 जुलाई र 30 जुनको बीचमा पर्छ।

मैले कहिले कर फिर्ता फाराम पेस गर्नु पर्छ?

तपाईं आफै यो काम गर्दै हुनुहुन्छ भने तपाईंले अक्टोबर 31 भित्र यो काम गरिसक्नु पर्छ।

तर तपाईं कुनै कर एजेन्टको सहयोगले यो काम गर्न खोज्दै हुनुहुन्छ भने तपाईंले अक्टोबर 31अगाडि नै ती एजेन्टलाई सम्पर्क गर्नु पर्ने हुन्छ।

म कसरी कर फिर्ता फाराम पेस गर्न सक्छु?

तपाईं आफै कर फिर्ता फाराम पेस गर्दै हुनुहुन्छ भने तपाईं myTax प्रयोग गरी अनलाइनबाट यो काम गर्न सक्नुहुन्छ (अंग्रेजीमा)।

तपाईं कुनै कर एजेन्टको सहयोग लिँदै हुनुहुन्छ भने तपाईंले यो काम कसरी गर्ने भन्ने बारेमा ती कर एजेन्टसँगै सम्पर्क गर्नु पर्ने हुन्छ।

कर फिर्ता फाराम पेस गर्न मसँग केके जानकारी हुनुपर्छ?

तपाईंसँग निम्न कुराहरू हुनुपर्छः

  • TFN
  • तपाईं कर फिर्ता प्राप्त गर्दै हुनुहुन्छ भने बैंक खाताको विवरण
  • आयको विवरण- तपाईंले कमाएको रकमको प्रमाण पेस गर्न    
    • तपाईंका सबै रोजगारदाताले तपाईंलाई दिएको इनकम स्टेटमेन्ट
    • Centrelinkबाट प्राप्त हुने भुक्तानी सारांश
  • कटौती तथा खर्चको विवरण- तपाईंले दाबी गर्न खोज्नुभएको कटौती पुष्टि गर्न    
    • कामसम्बन्धी खर्च, दान वा उपहारको भरपाई

तपाईं myTax प्रयोग गरेर आफ्नो कर फिर्ता फाराम अनलाइन दर्ता गर्दै हुनुहुन्छ भने तपाईंले myGov खाता बनाई ATO (अंग्रेजीमा) मा लिंक गर्नु पर्छ।

रोजगारदाता, बैंक तथा अन्य व्यवसायहरूले ATO लाई आफूसँग काम गर्ने व्यक्तिहरूको बारेमा जानकारी प्रदान गर्छन्। तपाईंले जुलाईको अन्तिमसम्म कुर्नुभयो भने ATO ले यी जानकारी तपाईंको कर फिर्ता फाराममा समावेश गर्छ। यसले कर फिर्ता फाराम पेस गर्न सहज बनाउँछ। तपाईंले जानकारी सही छ भनेर जाँच्नु पर्छ र नपुगेको जानकारी थप्नु पर्छ।

नेपालीमा सुन्न क्लिक गर्नुहोस् ।

Media: कर फिर्ता फाराम पेस गर्ने तरिका
https://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiudizfp85External Link (Duration: 00:02:25)

मैले कुन कुन आय समावेश गर्नु पर्छ?

तपाईंले एक आर्थिक वर्षमा प्राप्त गरेका सबै आय समावेश गर्नु पर्ने हुन्छ। यसको अर्थ हो तपाईंले आफ्ना सबै रोजगारीलगायत निम्न कुराहरूबाट प्राप्त आय समावेश गर्नु पर्ने हुन्छ:

  • फुल टाइम काम
  • पार्ट टाइम काम
  • क्याजुअल वा अड (अनौठा) काम
  • स्व:रोजगार
  • नगदी काम

तपाईंले निम्नलगायतका अन्य विधाबाट कमाएको आय पनि पेस गर्नु पर्ने हुन्छ:

  • बैंकबाट प्राप्त ब्याज
  • सरकारी भुक्तानी (Centrelink} आदिबाट प्राप्त)
  • भाडाबाट प्राप्त रकम
  • विदेशी आय र लगानी
  • सेयरबाट प्राप्त लाभांश
  • साझेदारी र ट्रस्टबाट प्राप्त आम्दानी

सबै प्रकारका आम्दानीहरू आफ्नो कर फिर्ता फाराममा पेस गर्नु पर्छ भन्ने कुरा सम्झनुहोला।

थप जानकारीको लागि हेर्नुहोस्:

म कुन कुन रकम कट्टा गर्न सक्छु?

तपाईं आफ्नो कामसँग सम्बन्धित खर्चबापत् रकम कट्टा गर्न पाउनुहुन्छ। सामान्यतया कट्टा गर्न सकिने खर्चहरूमा निम्न खर्च पर्छन्:

  • कार, यातायात र यात्रा खर्च
  • तपाईंले कामको लागि प्रयोग गर्ने उपकरण, कम्प्युटर र वस्तुहरू
  • कपडा तथा कपडा धुलाइका खर्चहरू
  • घरबाट काम गर्दाको खर्चहरू
  • स्व- शिक्षा खर्चहरू

थप जानकारीको लागि हेर्नुहोस्:

तपाईंले आफूले दाबी गर्ने हरेक खर्चको सम्बन्धमा भरपाई जस्ता प्रमाण पेस गर्नु पर्ने हुन्छ। तपाईंले यस्ता प्रमाणहरू कम्तीमा पाँच वर्षसम्म राख्नु पर्छ। ATO जुन सुकै बेला तपाईंसँग ती प्रमाण माग्न सक्छ।

नेपालीमा सुन्न क्लिक गर्नुहोस् ।

Media: कर फिर्ता फाराम पेस गर्ने तरिका
https://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiudizf54yExternal Link (Duration: 00:01:16)

 मैले दाखिला गरेपछि के हुन्छ?

अनलाइन दाखिला गरिएका अधिकांश कर फिर्ता फाराममा 2 हप्ताभित्र कारबाही हुन्छ। तपाईंको फिर्ता फारामको म्यानुअल कारबाही हुनु पर्छ भने यसले अलिक बढी समय लिन सक्छ। तपाईं आफ्नो myGov खातामार्फत स्थिति जाँच गर्न सक्नुहुन्छ। तपाईंको कर फिर्ता प्रक्रिया गरिसकेपछि ATO ले तपाईंलाई तपाईंको myGov इनबक्समा समिक्षाको सूचना पठाउने छ। यसले तपाईं रकम फिर्ता पाउनुहुन्छ वा तपाईंले अझै रकम तिर्नु पर्ने छ भन्ने देखाउँछ।

तपाईंको अझै तिर्न बाँकी रकम छ भने तपाईंको मूल्याङ्कनको सूचनामा तोकिएको मितिसम्ममा भुक्तानी गर्नुहोस्।

कर बिल तिर्ने तरिका

ATO ले तपाईंको कर बिल भुक्तानी गर्न विभिन्न भुक्तानी विधिहरू प्रदान गर्दछ। भुक्तानी गर्ने सबैभन्दा सजिलो र सुरक्षित तरिका BPAY ® वा हाम्रो अनलाइन सेवाहरू हुन्।

तपाईंले आफ्नो सबै कर बिल समयमा भुक्तानी गर्न सक्नुहुन्न भने सहायताका विकल्पहरू उपलब्ध छन् (अंग्रेजीमा) । तपाईं हाम्रो अनलाइन सेवा प्रयोग गरेर भुक्तानी योजना (अंग्रेजीमा) स्थापना गर्न सक्नुहुन्छ। ब्याज शुल्क घटाउन मद्दत गर्न भुक्तानी योजनाहरूको लागि भुक्तानीहरू सकेसम्म कम समय सीमाभित्र पूरा गर्नुपर्छ। तपाईंलाई थप सहायता चाहिन्छ भने हामीलाई वा तपाईंको कर व्यवसायीलाई तोकिएको मितिअघि सम्पर्क गर्नुहोस्।

सुपर किन महत्त्वपूर्ण छ

सुपरएनुएसन वा 'सुपर ', तपाईंको काम गर्ने जीवनको समयमा छुट्याइएको पैसा हो, जुन अवकाशको समयका लागि हुन्छ। सुपर भनेको तपाईंको रोजगारदाताले तपाईंको नियमित आम्दानीमा थपेर तपाईंले छनौट गर्न सक्ने सुपर कोषमा तिरेको पैसा हो। तपाईं पनि आफ्नो सुपरमा योगदान गर्न सक्नुहुन्छ।

सुपर महत्त्वपूर्ण छ किनकि तपाईंले जति धेरै बचत गर्नुहुन्छ, अवकाशपछि तपाईंको लागि उति नै धेरै पैसा तपाईंसँग हुने छ। यो तपाईंले आफ्नो जीवनकालमा जम्मा गर्नुहुने सबैभन्दा ठूलो सम्पत्तिमध्ये एक हुन सक्छ।

तपाईं कुन उमेरमा सुपर प्रयोग गर्न पाउनुहुन्छ भन्ने बारेमा सीमाहरू हुन्छन्। तपाईं आफ्नो सुपर फिर्ता लिन सक्नुहुन्छ जब तपाईं:

  • संरक्षण उमेर पुग्छ र तपाईं सेवानिवृत्त हुनु हुन्छ
  • तपाईं अग्रिम अवकासको मापदण्ड पूरा गर्नुहुन्छ, वा
  • तपाईं 65 वर्ष हुनुभयो (तपाईं सेवानिवृत्त हुनुभएको छैन भने पनि)

तपाईंलाई आफ्नो सुपर चाँडै फिर्ता लिन मद्दत गर्छु भन्ने व्यक्तिबाट सावधान रहनुहोस्। यो अवैध वा घोटाला हुन सक्छ।

तपाईं अस्थायी भिसामा अष्ट्रेलियमा काम गरिरहनुभएको छ र घर जानुभयो भने पनि तपाईं आफ्नो सुपर प्राप्त गर्न सक्नु हुन्छ। यो भुक्तानीलाई अष्ट्रेलिया छोड्दा दिइने सुपर भुक्तानी (DASP) भनिन्छ।

थप जानकारीको लागि हेर्नुहोस्:

छलीबाट बच्ने बारेमा

जालसाजीहरूको उद्देश्य निम्न हुन सक्छ:

  • तपाईंको व्यक्तिगत जानकारी (जस्तै तपाईंको TFN, myGov साइन इन क्रेडेंशियल वा बैंक खाता विवरणहरू) दिने
  • पैसा तिर्ने।

जालसाजीबाट बच्ने केही तरिकाहरू यहाँ दिइएको छ:

  1. कुनै पनि लिंकमा क्लिक नगर्नुहोस् वा इमेल र एसएमएसमा एट्याच फाइल खोल्नुहोस्। हामीबाट म्यासेज आएको जस्तो देखिए पनि नखओल्नुहोस)
  2. आफ्नो व्यक्तिगत जानकारी कसैलाई नदिनुहोस्, विशेष गरी फोनमा वा लिखित रूपमा।
  3. कहिले पनि आफ्नो myGov लग इन विवरण कसैसँग पनि (आफ्नो कर एजेन्टसँग पनि) आदान प्रदान नगर्नुहोस्।
  4. आफ्ना साथीभाइ वा परिवारका सदस्यलाई आफ्नो TFN प्रयोग गर्न नदिनुहोस्।
  5. आफ्नो अनलाइन पासवर्डहरू कसैलाई नदिनुहोस् र पासवर्ड बारम्बार परिवर्तन गरिरहनुहोस्।

थप जानकारीको लागि हेर्नुहोस्:

सहयोग प्राप्त गर्ने तरिका

तपाईंलाई कर वा सुपरसम्बन्धी सहयोग चाहिन्छ भने हामीलाई निम्न टेलिफोन नम्बरमा सम्पर्क गर्नुहोस्:

  • 13 28 61 – व्यक्तिगत प्रश्नका लागि
  • 13 28 66 – व्यावसायिक प्रश्नहरूको लागि
  • 13 10 20 – सुपरसम्बन्धी प्रश्नका लागि

तपाईं अंग्रेजी बाहेकका भाषा प्रयोग गरेर हामीसँग बोल्न चाहनुहुन्छ भने Translating and Interpreting Service को टेलिफोन 13 14 50 मा सम्पर्क गरी दोभाषे सेवा लिन सक्नुहुन्छ।

तपाईंसँग सहकार्य गर्न सकौँ भन्नका खातिर हामी तपाईंलाई समयमै सम्पर्क गर्ने सुझाव दिन्छौं- तर पनि तपाईं जुन सुकै बेला सहयोग माग्न सक्नुहुन्छ।

हामीलाई फोन गरेपछि के अपेक्षा गर्ने

तपाईंले फोन गर्दा तपाईंको TFN वा ABN तयार हुनुपर्छ।

तपाईंले ग्राहक सेवा विभागका प्रतिनिधिसँग गफ गर्दा ती प्रतिनिधिले तपाईंलाई चिन्न विविध प्रश्नहरू सोध्न सक्छन्। यसले तपाईंको व्यक्तिगत कर अभिलेख सुरक्षित राख्न मद्दत गर्छ।

हामी अरू कसैको जानकारी (चाहे त्यो व्यक्ति तपाईंको परिवारको सदस्य नै किन नहोस्) दिन सक्दैनौँ। तपाईं कुनै साथी वा परिवारका सदस्यलाई सहयोग गरिरहनु भएको छ भने तपाईंले टेलिफोन गर्दा हामीले तपाईंलाई हाम्रो प्रणालीमा "अधिकृत प्रतिनिधि" को रूपमा दर्ता नगरेसम्म सम्बन्धित व्यक्ति तपाईंसँगै हुनु पर्छ।

सुन्न रुचाउनुहुन्छ?

Media: सहयोग प्राप्त गर्ने तरिका
https://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiud4tye9dExternal Link (Duration: 00:01:25)

 श्रोत

तल तपाईंको कर र सुपरमा तपाईंलाई मद्दत गर्ने थप स्रोतहरू दिइएका छन्:

 

अष्ट्रेलिया सरकार, क्यानबेराद्वारा अधिकारप्राप्त.

Authorised by the Australian Government, Canberra.

 

QC61272