ato logo
Search Suggestion:

हाम्रो बडापत्र (चार्टर)

Last updated 2 July 2023

हाम्रा प्रतिवद्धता, हामीले तपाईंसँग गरेका अपेक्षा र असन्तुष्ट हुँदा तपाईं के गर्न सक्नुहुन्छ भन्ने बारेमा जान्नुहोस् ।

यो पृष्ठमा

हाम्रो बडापत्र (चार्टर) को बारेमा

हामी अष्ट्रेलियाली कर, सुपर र व्यावसायिक रजिस्टरीसम्बन्धी सेवा प्रदान गर्छौँ। हामी समुदायमा सरकारी सेवा प्रवाह पनि गर्छौँ ।

हामीले प्रदान गर्ने स्वास्थ्य सेवा, शिक्षा तथा सामुदायिक पूर्वाधार जस्ता सेवाहरूले अष्ट्रेलियाली जीवन पद्धतिलाई टेवा पुर्‍याउने अहम् भूमिका खेल्छन् ।

तपाईंको पनि यसमा महत्त्वपूर्ण भूमिका हुन्छ । कहिलेकाहीँ तपाईंको उत्तरदायित्वको कारणले तपाईंले हामीसँग सहकार्य गर्नु पर्ने हुन सक्छ ।

हामी तपाईंले हामीसँग सहकार्य गरेका बेला तपाईंसँग पेसागत रूपमा व्यवहार गरेर तपाईंको अनुभव सहज होस् भन्ने कुरा सुनिश्चित गर्छौँ ।

हाम्रो बडापत्रमा:

  • तपाईंले हामीसँग अन्तरक्रिया गर्दा के अपेक्षा गर्न सक्नुहुन्छ भन्ने बारेमा जानकारी हुन्छ
  • यो हामीसँग सहकार्य गर्ने सबैमा लागू हुन्छ
  • यो हामी सबैले पालना गर्नु पर्ने कानुन, संहिता र सिद्धान्तमा आधारित हुन्छ ।

तपाईं हामीले लिएको निर्णयसँग सहमत नभएको अवस्थामा वा तपाईंलाई हामीले बडापत्रको पालना गरेका छैनौँ जस्तो लागेका बेलामा यो बडापत्रमा तपाईंले चाल्नु पर्ने कदमहरू पनि दिइएको छ ।

तपाईं प्रतिको हाम्रो प्रतिबद्धता

उचित र न्यायोचित उपचार

तपाईं र हाम्रो सम्बन्ध पारस्परिक विश्वास र सम्मानमा आधारित हुन्छ । हामी आफ्ना सबै गतिविधिमा न्यायोचित, नैतिकवान र उत्तरदायी हुने कुरामा प्रतिबद्ध छौँ ।

हामी:

  • तपाईंसँग सम्मान, विनम्रताका साथमा व्यवहार गर्छौँ
  • इमानदारिता र निष्ठा का साथ गतिविधि सञ्चालन गर्छौँ
  • हामी भेदभावरहित हुन्छौं र राम्रो मनसाय लिएर काम गर्छौँ
  • तपाईंसँग व्यवहार गर्दा तपाईं इमानदार हुनुहुन्छ भन्ने हिसाबले व्यवहार गर्छौँ र तपाईं स्पष्टीकरण दिने अवसर दिन्छौँ
  • पेसागत परामर्शदाताहरू जस्ता तपाईंका प्रतिनिधिहरूसँग सहकार्य गर्छौँ ।

पेसागत सेवा

हामीलाई कानुनअन्तर्गत तपाईंलाई प्राप्त हुने अधिकार र तपाईंले पूरा गर्नु पर्ने कर्तव्य जटिल हुन सक्छन् भन्ने कुरा थाह छ । हामी तपाईंलाई आफ्नो अधिकार बुझ्न र कर्तव्य पूरा गर्न मद्दत गर्न चाहिने भरपर्दो, सहज र उपयोगी जानकारी तथा सेवा दिन तत्पर रहन्छौँः

हामी:

  • जबाफदेही हुन्छ र सामयिक, सटीक र सहज जानकारी उपलब्ध गराउँछौं
  • आफ्ना उत्पादन र सेवालाई प्रयोग गर्न सहज र समावेशी हुने हिसाबले विकास गर्न समुदायसँग सहकार्य गर्छौँ
  • वैकल्पिक माध्यम उपयोगी हुने अवस्थामा बाहेक आफ्ना सेवाहरू डिजिटल माध्यमबाट प्रदान गर्छौँ ।

सहायता र सहयोग

हामी तपाईंलाई विभिन्न समयमा विभिन्न प्रकारका सेवा चाहिन सक्छ भन्ने कुरा बुझ्छौं । अप्ठ्यारो परिस्थिति वा संकटबाट गुज्रिरहेका बेलामा आफ्ना उत्तरदायित्व पूरा गर्न मुस्किल हुन्छ भन्ने कुरा हामी बुझ्छौं । हामी तपाईंका कर्तव्यहरू हटाउन त सक्दैनौँ तर हामी तपाईंलाई तपाईंको कर्तव्य पूरा गर्ने वैकल्पिक उपाय खोजिदिन सक्छौँ ।

हामी:

  • तपाईंको परिस्थितिको बारेमा बुझ्छौं र सम्भव भएसम्म ती परिस्थितिको बारेमा बिचार पर्‍याउँछौँ
  • संकट वा अप्ठ्यारो परिस्थितिमा सहायता प्रदान गर्छौँ
  • तपाईंलाई हाम्रो सेवा बुझ्न वा प्रयोग गर्न सहायता चाहिएमा सो सहायता प्रदान गर्छौँ ।

जानकारीको सुरक्षा तथा गोपनीयता

हामी तपाईंको जानकारी र तथ्याङ्कको सुरक्षा र गोपनीयतालाई गम्भीरताका साथ लिन्छौँ । हामीलाई आधुनिक डिजिटल दुनियाँमा जानकारीको गोप्यता र सुरक्षा कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा थाह छ ।

हामी:

तपाईंलाई अद्यावधिक जानकारी दिइरहन्छौँ

हामी आफूले तपाईंसँग गर्ने अन्तर्क्रियादौरान पारदर्शी र उत्तरदायी हुने कुरामा प्रतिबद्ध छौँ ।

हामी:

  • आफूले गरेका निर्णयका बारेमा व्याख्या गर्छौँ
  • हाम्रो प्रगतिका बारेमा तपाईंलाई अद्यावधिक जानकारी दिइरहन्छौँ
  • तपाईंलाई सम्पर्क गरी तपाईंको अधिकार, दायित्त्यको बारेमा व्याख्या गर्छौँ
  • तपाईंलाई आफ्नो जानकारी र हामीलाई आफ्नो निर्णय गर्न मद्दत गर्ने जानकारी माथिको पहुँच दिन्छौँ ।

हामीले तपाईंबाट अपेक्षा गर्ने कुराहरू

कानुनअनुसार तपाईंसँग तपाईंको परिस्थितिको आधारमा विविध दायित्वहरू हुन्छन् ।

तपाईंलाई सम्भव भएसम्म राम्रो सेवा प्रदान गर्न र तपाईंलाई आफ्नो दायित्व पूरा गर्न मद्दत गर्न हामी तपाईंसँग केही अपेक्षा राख्छौं ।

हामीसँग सम्मान, विनम्रताका साथमा व्यवहार गर्ने ।

सत्यनिष्ठ भएर कानुन अनुसार गतिविधि गर्ने ।

हाम्रा प्रश्नको जवाफ समयमा दिने र हामीले मागेको जानकारी उपलब्ध गराउने । हामी हामीसँग भएको जानकारी पुष्टि गर्न तपाईंलाई प्रश्न सोध्न वा थप जानकारी संकलन गर्न सक्छौँ ।

कसैले तपाईंको प्रतिनिधित्व गर्दै छ भने हामीलाई जानकारी दिने । हामीले हामीलाई प्रदान गर्ने जानकारी सही छ भन्ने कुरा सुनिश्चित गर्नु पर्छ ।

फाराम पेस गर्ने र भुक्तानी गर्ने जस्ता आफ्नो दायित्वहरू समयमा पूरा गर्ने । तपाईं समय मै यी काम गर्न सक्नुहुन्न भने हामीलाई सकेसम्म चाँडो यो कुराको जानकारी दिनुहोस् । हामी तपाईंलाई सहयोग गर्ने प्रयास गर्ने छौँ ।

सही तरिकाले अभिलेख राख्ने र हामीले अभिलेख माग्दा उपलब्ध गराउने ।

आफ्नो पहिचान खुलाउने जानकारी सुरक्षित राख्ने र जानकारीमा परिवर्तन भएमा हामीलाई जानकारी दिने ।

तपाईं कुनै निर्णयको पुनरावलोकन होस् भन्ने चाहनुहुन्छ भने तपाईंले पालना गर्नु पर्ने चरणहरू

तपाईंलाई हामीले त्रुटिपूर्ण ढंगले कुनै निर्णय गरेका छौँ जस्तो लाग्छ भने तपाईंको गुनासो सकेसम्म चाँडो र सहज तरिकाले सम्बोधन गर्न हामी तपाईंसँग सहकार्य गर्छौँ ।

हामी कानुन परिवर्तन भने गर्न सक्दैनौँ । तर हामी तपाईंलाई तपाईंको परिस्थितिमा कसरी कानुन लागू हुन्छ भन्ने कुरा बुझ्न भने मद्दत गर्न सक्छौँ ।

हामी पुनरावलोकन गर्न लगाउने अधिकार लगायत तपाईंसँग भएका विकल्पको बारेमा र उजुरी दायर गर्ने बारेमा जानकारी पनि उपलब्ध गराउने छौँ ।

सुरुमा तपाईंको समस्या हामीबाट सम्बोधन हुन्छ वा हुन्न भन्ने कुरा थाह पाउन हामीसँग आफ्नो गुनासा राख्नुहोस् । तपाईंलाई कुनै विशेष व्यक्तिको विवरण दिइएको हुन सक्छ । अथवा तपाईं सम्पर्क गर्न सक्नुहुन्छ ।

तपाईं मूल निर्णय प्रक्रियामा सहभागी नभएको स्वतन्त्र अधिकारीबाट हामीले गरेका निर्णयको पुनरावलोकन गराइदिने अनुरोध पनि गर्न सक्नुहुन्छ ।

तपाईं हामीले गरेको आन्तरिक पुनरावलोकनसँग सहमत हुनुभएन भने तपाईं बाह्र्य पुनरावलोकनका लागि पनि अनुरोध गर्न सक्नुहुन्छ । प्रायजसो अवस्थामा तपाईंले आन्तरिक पुनरावलोकन गराएर सहमत नभएका खण्डमा मात्र बाह्र्य पुनरावलोकनका लागि अनुरोध गर्न सक्नुहुन्छ ।

तपाईंको प्रतिवाद गर्नुभएको निर्णयको आधारमा तपाईं अदालत वा न्यायिक निकाय जस्ता विविध संस्थाहरूमार्फत बाह्र्य पुनरावलोकन गराउन सक्नुहुन्छ ।

तपाईं हाम्रो सेवासँग सहमत हुनुहुन्न भने तपाईंले चाल्नु पर्ने कदमहरू

हामी हाम्रो सेवासँग सहमत हुनुहुन्न भने तपाईंले हामीलाई जानकारी दिनु पर्छ । यसले हामीलाई आफ्नो सेवा सुधार्न मद्दत गर्छ ।

हाम्रा सेवाले तपाईंका अपेक्षा पूरा नगरेका खण्डमा वा तपाईंलाई हामीले बडापत्रको पालना गरेका छैनौँ जस्तो लाग्छ भने तपाईं विभिन्न कारबाही गर्न सक्नुहुन्छः

  1. सुरुमा तपाईंको समस्या ATO अधिकारीसँग राखेर समस्या समाधान गराउन खोज्नुहोस् । तपाईंलाई कुनै विशेष व्यक्तिको विवरण दिइएको हुन सक्छ । अथवा तपाईं सम्पर्क गर्न सक्नुहुन्छ ।
  2. तपाईं सन्तुष्ट हुनुभएन भने तपाईं कुनै व्यवस्थापकसँग कुरा गर्न सक्नुहुन्छ ।
  3. त्यसो गर्दा पनि तपाईंको समस्या समाधान भएन भने तपाईं हाम्रा प्रक्रिया सुधार्ने प्रतिक्रिया पेस गर्न सक्नुहुन्छ वा औपचारिक उजुरी दायर गर्न सक्छन् ।

हामी सबै उजुरीलाई गम्भीरताका साथ लिन्छ र तिनको समाधान द्रुत र न्यायोचित रूपमा गर्न खोज्छौं ।

तपाईंले उजुरी गर्नुभयो भने पनि तपाईं र हाम्रो सम्बन्धमा कुनै असर हुने छैन ।

तपाईं हामीले उजुरीको बारेमा गरेको निर्णयका बारेमा सन्तुष्ट हुन सक्नुभएन भने तपाईं स्वतन्त्र अनुसन्धानका लागि Inspector-General of Taxation and Taxation OmbudsmanExternal Link मा सम्पर्क गर्न सक्नुहुन्छ ।

तपाईं निम्न अवस्थामा क्षतिपूर्तिका लागि आवेदन दिन पनि सक्नुहुन्छः

  • तपाईंलाई हाम्रो कारबाहीले कानुनी दायित्व सृजना गरेको छ भन्ने लाग्छ भने
  • हाम्रो त्रुटिपूर्ण कारबाहीले तपाईंको आर्थिक क्षति भएको छ भने ।

हामीलाई सम्पर्क गर्ने विधि

तपाईंसँग हाम्रा प्रतिबद्धता वा अपेक्षाको बारेमा कुनै प्रश्न वा जिज्ञासा छ भने हामीलाई सम्पर्क गर्नुहोस् पेसागत परामर्शदाता खोज्नुहोस् ।

QC57454